Rule 7
ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्ड
(१) बीमा व्यवसायीले ग्राहक पहिचान गर्दा नियम ४ मा उल्लिखित कागजात तथा विवरणका अतिरिक्त देहाय बमोजिम थप जाँचबुझ गर्नु पर्नेछः–
(क) बीमा हिताधिकारीको जाँचबुझ गर्ने,
(ख) बीमा बापतको कुनै पनि रकम, लाभ वा सुविधा हिताधिकारीलाई भुक्तानी वा प्रदान गर्दा हिताधिकारीको पहिचान गर्ने,
(ग) हिताधिकारीको जोखिमस्तर पहिचान गरी आवश्यक उपाय अवलम्बन गर्ने र सो बमोजिमको जोखिम व्यवस्थापन लगायत बृहत् ग्राहक पहिचान गर्ने,
(घ) हिताधिकारी पहिचान गर्न वा त्यसको वास्तविक धनी पहिचान गर्ने सम्बन्धमा उपयुक्त अन्य कार्य गर्ने ।
(२) यस नियमावलीमा उल्लिखित मापदण्डका अतिरिक्त नियमनकारी निकायले सेवा, उत्पादन, उपकरण, कारोबार, भुक्तानी माध्यम, जोखिम लगायत अन्य आधारमा ग्राहक पहिचानका लागि थप मापदण्ड तोक्न सक्नेछ ।